१२ लाखसहित हुण्डी कारोबारी पक्राउ


बीरगञ्ज – सशस्त्र प्रहरी पर्साले १२ लाख रुपैयाँसहित एक हुण्डी कारोबारीलाई पक्राउ गरेको छ ।

वीरगञ्ज १६ भन्सार चेक प्वाईन्टमा सशस्त्र प्रहरीले भारत रक्सौलबाट वीरगञ्ज आउने क्रममा प्रदेश २–०३–०२० प ४२२२ नम्बरको मोटरसाइकल जाँच गर्दा मोटरसाइकल चालकले प्रयोग गरेको हेल्मेटबाट १२ लाख रुपैयाँ बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक राधे श्यामले बताए ।

पक्राउ पर्नेमा बारा जितपुर सिमरा उपमहानगरपालिका– ७ जितपुर टोल निवासी छठु महतो कोइरी रहेका छन् ।

सशस्त्र प्रहरीकाअनुसार कोइरीको साथबाट विभिन्न बैंकका चेकहरु समेत फेला पारेको छ । आवश्यक कारबाहीका लागि कोइरीलाई वीरगन्ज भन्सार कार्यालाय पठाइएको छ ।

प्रतिक्रिया