मलामी गएका पुरुष भेरीमा बगे


सुर्खेत-  मलामी गएका एक पुरुष भेरी नदीमा बेपत्ता भएका छन् । बेपत्ता हुनेमा सुर्खेतको पञ्चपुरी नगरपालिका– ११ का ५५ वर्षीय सज्जन कामी रहेका छन्।

कुइनेस्थित भेरी कर्णाली दोभानमा मलामी गएका उनी नुहाउने क्रममा बेपत्ता भएको सुर्खेत प्रहरीले जनाएको छ ।

अहिले उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी वीरेन्द्रवीर विश्वकर्माले बताए ।

प्रतिक्रिया