नेपाल पक्षको राष्ट्रिय भेला चलिरहेका बेला ओलीले बोलाए संसदीय दलको बैठक, त्यो समूहले के गर्ला?


काठमाडौं– प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार बिहान ११ बजे संसदीय दलको बैठक बालुवाटारमा बोलाएका छन्।

उनीइतर माधवकुमार नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेला चलिरहेका बेला ओलीले संसदीय दलको बैठक बोलाएका हुन्। शनिबार भने एमाले केन्द्रीय कमिटीको बैठक उनले डाकेका छन्।

ओलीले बोलाएको संसदीय दलको बैठकमा नेपाल पक्षका सांसद उपस्थित हुन्छन् या हुँदैनन् भन्ने अन्योल रहेको छ। ओलीविरुद्ध कार्यकर्ता भेलामा नेपाल पक्षले विभिन्न प्रस्तावमा छलफल गरिरहेको बेलामा संसदीय दलको बैठक डाकिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

उक्त भेलामा नजानका लागि आह्वान र विज्ञप्ति नै जारी गरी निर्देशन पालना नगरे पार्टीको विधान, संविधान र संसदीय दलको कानुनअनुसार कारबाही हुने चेतावनी महासचिव ईश्वर पोखरेलले दिएका थिए।

विहीबार नेपाल पक्ष उक्त बैठकमा उपस्थित नभए एमालेभित्र कस्तो अवस्था आउला? धेरै विश्लेषक भन्छन्– एमाले फुटतिर लम्कियो।

प्रतिक्रिया