नेपालले पायो १०७ रनको लक्ष्य


काठमाडौं – नेपालले टी–२० विश्वकपमा बंगलादेशविरुद्धको खेलमा जितका लागि १०७ रनको लक्ष्य पाएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालका बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि बंगलादेशले १०६ रन बनाएपछि उक्त लक्ष्य पाएको हो ।

खेलको अन्तिम ओभरको तेस्रो बलमा बंगलादेशको अन्तिम विकेट लिँदै नेपालले बंगलादेशलाई १०६ रनमा खुम्च्याएको थियो ।

९० रनमा ९ विकेट गुमाइसकेको नेपालले १८ औं ओभरमा अविनाश बोहोरा महंगो सावित हुँदा बंगलादेशले सय रन कटाएको थियो । उक्त ओभरमा बंगलादेशले ११ रन जोडेको थियो ।

नेपालका लागि रोहित पौडेल, सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछानेले २/२ विकेट लिएका छन् ।

 

प्रतिक्रिया