

पावरप्लेमा नेपालले बनायो विनाविकेट ३२ रन

काठमाडौं – नेपालले दक्षिण अफ्रिकाविरुद्ध पावर प्लेमा बिना विकेटको क्षतिमा ३२ रन बनाएको छ ।
दक्षिण अफ्रिकाले दिएको ११६ रनको लक्ष्य पछ्याउँदै नेपालले ६ ओभरको समाप्तिमा ३२ रन बनाएको हो ।
नेपालका लागि कुशल भुर्तेल र आशिफ शेखले ब्याटिङ सुरु गरेका छन् ।
भुर्तेलले १२ रन बनाएका छन् भने आशिफले १४ रन बनाएर खेलिरहेका छन् ।

