नेपालका तीर्थस्थलहरूको दर्शन गर्न आग्रह


काठमाडौँ – नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले हिन्दु धर्मावलम्बीहरूका आस्थाका केन्द्र पशुपतिनाथ, मुक्तिनाथ र बौद्ध धर्माबलम्बीहरूको उद्गमस्थल लुम्बिनीको दर्शन गर्न आह्वान गरेका छन् ।
भारतीय वर्किङ जर्नालिस्ट युनियनले आज यहाँ आयोजना गरेको सेमिनारमा उनले नेपाल देवभूमि भएको बताउँदै यी क्षेत्रहरूको दर्शन गर्न आह्वान गरे ।
“हामीसँग प्रकृतिले दिएका संसारकै अग्ला हिमशृङ्खला  छन् । मधेसदेखि हिमालसम्मको लोभलाग्दो हावापानी पनि छ । यसलाई जलवायु परिवर्तनको असरबाट जोगाउन सबै एकजुट हुनुपर्ने समय आएको छ”, प्रवक्ता महतले भने “हिन्दु धर्मावलम्बीहरुका आस्थाका केन्द्र पशुपतिनाथ, मुक्तिनाथ र बौद्ध धर्माबलम्बीहरूको उद्गमस्थल लुम्बिनी पनि हाम्रै नेपालमा छन् । यी पवित्र धार्मिकस्थलहरुको दर्शन गर्न म सबैलाई आग्रह गर्दछु ।”
उनले नेपाल र भारतको सम्बन्ध युगौंदेखिको रहि आएको भन्दै सम्बन्धलाई थप सुमधुर बनाउन दुवै देशका नागरिक सचेत हुनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया