केन्द्रमा मन्त्रिमण्डल हेरफेरबारे मलाई जानकारी छैन : माधव नेपाल


काठमाडौं – सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केन्द्रमा मन्त्रिमण्डल हेरफेरबारे आफूलाई कुनै जानकारी नभएको बताएका छन् ।

बिहीबार संसद भवनमा संक्षिप्त प्रतिक्रिया दिँदै नेपालले मन्त्रिमण्डल हेरफेरका विषयमा जानकारी नभएको बताए हो । उनले प्रधानमन्त्रीसँग हुने भेटमा यस विषयमा सोध्ने पनि बताए ।

अध्यक्ष नेपालले सदनमा सांसदको अभिरुचीका विषय आ–आफ्नो सोचाइ भएको उल्लेख गरे ।

प्रतिक्रिया