विप्लव र सरकारबीचको सहमति कार्यान्वयन भएन, छ्टेनन् सुदूरका ४१ नेता कार्यकर्ता


बैतडी – सरकार र नेकपा विप्लव समूहबीच तीन बुँदे सहमति भएसँगै गृह मन्त्रालयले नेत्रविक्रम चन्द समूहका नेतालाई रिहा गर्न सर्कुलर गरेको भए पनि चन्द समूहका नेता–कार्यकर्ता छुटेका छैनन् ।

बैतडीसहित सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका कारागारमा रहेका सो पार्टीका २१ जना नेता(कार्यकर्ता हालसम्म रिहा नभएका हुन्‌। सरकार र प्रतिबन्धित नेकपाबीच ३ बुँदे सहमति भएको २ हप्ता बितिसकेको छ।

सहमति पश्चात कैलाली कारागारमा रहेमा पार्टीका केन्द्रीय सदस्य ओमप्रकाश पुनसहित २ जना छुटका थिए। तर, प्रदेशका अन्य कारागारमा रहेका कार्यकर्ता अझै नछुटेका हुन्।

विप्लव समूह निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका सुदूरपश्चिम इञ्चार्ज वीरेन्द्र शाहका अनुसार सुदूरपश्चिम प्रदेशमा अझै २१ जना नेता/कार्यकर्ता कारागारमै छन्। बाजुरा कारागारमा पार्टीका केन्द्रीय सदस्य चूडामणि ओली ुआदर्शु सहितका १५ जना नेता/कार्यकर्ता थुनिएका छन्।

यस्तै, बझाङ कारागारमा जिल्ला सदस्य बाजीलाल शाहीसहित ५ जना नेता(कार्यकर्ता थुनिएका शाहले जानकारी दिए। बैतडी कारागारमा पनि जिल्ला सदस्य लोकेन्द्र धामी थुनिएका छन्।

गत फागुन २० गते भएको सहमतिमा सरकारको तर्फबाट विप्लव समूहमाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दी रिहाइ गर्ने र मुद्दा खारेजी गर्ने उल्लेख छ। विप्लव समूहले पनि आफ्ना सम्पूर्ण राजनीतिक विषयहरू समाधान गर्न सम्वादका माध्यमबाट गर्ने, राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रूपमा सञ्चालन गर्ने सहमति गरेको छ।

प्रतिक्रिया