पूर्वन्यायाधीश भुवन गिरीलाई ७ वर्ष कैद र ३ लाख जरिवाना


काठमाडौंं — पूर्वन्यायाधीश भुवन गिरीलाई जबरजस्ती करणीमा दोषी ठहर गरेको छ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश दुर्गा भुसालको एकल इजलासले गिरीले पूर्वश्रीमतीसँग सहमति बेगर शारीरिक सम्पर्क राखेको ठहर गर्दै ७ वर्ष कैद र ३ लाख क्षतिपूर्ति भराउने फैसला पनि सुनाएको छ।

जिल्लाले यसअघि उनलाई जेठ १३ गते दोषी ठहर गरेको थियो । उक्त फैसलाको सजाय निर्धारण गर्दै अदालतले उक्त कैद र जरिवाना तोकेको हो ।

उनी सर्वोच्च अदालतको आदेशले यसअघि नै थुनामा रहेका छन् ।

जिल्लाले फौजदारी अभियोगमा दोषी ठहर गरेपछि उनले न्यायाधीश पदसमेत गुमाइसकेका छन् । उनी कपिलवस्तु जिल्ला अदालतमा कार्यरत रहेकै अवस्थामा निलम्बनमा परेका थिए ।

 

प्रतिक्रिया