डोटीमा दुई पसलमा आगलागी


डोटी- डोटीमा दुई पसलमा आगलागी भएको छ। जिल्लाको जोरायल गाउँपालिका–३ चनकट्टे बस्ने ३० वर्षीय चक्र रावलको होटलमा सोमबार आगलागी भएकोे हो । रावलको होटलमा लागेको आगो फैलिएर सोही ठाउँ बस्ने ४५ वर्षीय राम बहादुर ढोलीको कपडा सिलाउने खोकोमा समेत आगलागी भएकोे हो ।

उक्त आगलागीबाट होटल तथा कपडा सिलाउने खोको पूर्णरूपमा जलेर करिब २१ लाख बराबरको धनमाल नष्ट भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

प्रतिक्रिया