‘हनि ट्रयापर’ शोभा पाठकमाथि अनुसन्धान गर्न पाँच दिन म्याद थप


काठमाडौं –भीआइपी टार्गेट गरेर ‘हनि ट्रयाप’ मा पर्ने शोभा पाठकमाथि अनुसन्धान गर्न अदालतले पाँचको म्याद दिएको छ ।

काठमाडौं जिल्ला अदालतले शोभामाथि अनुसन्धानका लागि पाँच दिन हिरासतमा राख्न अनुमति दिएको हो । पीडित महिलाको उजुरीका आधारमा साइबर ब्युरोको टोलीले शोभालाई हिजो पुल्चोकबाट पक्राउ गरेको थियो ।

साइबर ब्युरोका एसपी दिपकराज अवस्थीका अनुसार शोभामाथिको अनुसन्धान जारी छ ।

सामाजिक सञ्जालमार्फत व्यक्तिको चरित्रहत्या गर्ने लगायतका अपराधिका कार्य गरेको उजुरीका आधारमा शोभालाई पक्राउ गरिएको एसपी अवस्थीले जानकारी दिए ।

र यो पनि…

भीआइपी टार्गेट गरेर ‘हनि ट्रयाप’ मा पार्ने शोभा पाठक र तारा बराल प्रहरी हिरासतमा

प्रतिक्रिया