त्रिभुवन विमानस्थलमा संकटकालीन नमुना अभ्यास


काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन उद्धार अभ्यास गरिएको छ ।

सोमबार अन्तर्राष्ट्रिय मापदण्ड र व्यवस्थाअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्ण स्केल आपतकालीन अभ्यास प्रदर्शनी गरिएको हो । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को मापदण्ड तथा त्रिभुवन विमानस्थलको एयरपोर्ट इमर्जेन्सी प्लानअनुसार वर्षैपिच्छे अनिवार्य यस्तो अभ्यास गर्नुपर्छ ।

प्रदर्शनीका लागि सोमबार दिउँसो आधा घण्टा उडान-अवतरण बन्द गरिएको छ ।  दिउँसो १ बजेदेखि १:३० बजेसम्मलाई हवाई उडान बन्द गरिएको थियाे ।

प्रतिक्रिया