नेपाल भित्रियो मनसुन


काठमाडौं-  यो वर्षको मनसुन प्रणाली सोमबार (आज) नेपाल प्रवेश गरेको छ । भारतबाट कोसी प्रदेश हुँदै मनसुन नेपाल भित्रिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । नेपाल भित्रिएको मनसुन अब पश्चिमी भूभागतर्फ सर्दै नेपालभर फैलनेछ ।

नेपालमा दक्षिण हिन्द महासागर, भारतको केरला, बंगालको खाडी, सिक्किम हुँदै नेपालको ताप्लेजुङ–इलामतर्फबाट मनसुन नेपाल प्रवेश गर्छ । नेपालमा सरदर जुन १३ मा मनसुन भित्रिने र अक्टुबर २ तारिखमा बाहिरिने गर्दछ ।

यद्यपि कहिलेकाहीँ सरदर मितिभन्दा ढिलो–चाँडो पनि हुने गर्दछ । यो वर्षको मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने अनुमान छ । सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशत रहेको विभागले जनाएको छ ।

प्रतिक्रिया