स्वास्थ्यमन्त्रीको चेतावनी : अस्पतालले ठग्दैछन्, रंगेहात पक्रिएर अख्तियार पठाउँछु,


काठमाडौं – स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले अस्पतालहरूले नागरिकलाई सेवा दिन ठगिरहेको भन्दै आफु त्यसविरुद्ध कडा रुपमा प्रस्तुत हुने चेतावनी दिएका छन् । आज संसद्को शिक्षा स्वास्थ तथा सूचना प्रविधि समितिमा बोल्दै यादवले सरकारी अस्पतालहरूले नागरिकलाई दिने सेवामा ठगी भैरहेको बताएका हुन ।
उनले केही दिनभित्रै धेरैजनालाई रंगेहात पक्रिएर अख्तियार पठाउने र धेरैलाई निलम्बन गर्ने चेतावनी समेत दिए ।  सरकारले निःशुल्क प्रदान गर्न छुट्याएका सेवामा समेत अस्पताल व्यवस्थापनले शुल्क लिइरहेको मन्त्री यादवले बताए ।

प्रतिक्रिया