भारतसँगको म्याच हारेपछि रुँदै मैदानबाट बाहिरिए पाकिस्तानी खेलाडी


काठमाडौं – आईसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत भारतसंग हारेपछि पाकिस्तानी खेलाडी रुदै मैदानबाट बाहिरीएका छन् । गएराति भएकोे खेलमा भारतले पाकिस्तानलाई ६ रनले हराएको थियो ।
न्यूयोर्कस्थित नसाउ काउन्टि इन्टरनेशनल क्रिकेट स्टेडियममा भारतले पहिले ब्याटिङ गर्दै १९ ओभरमै सबै विकेट गुमाएर ११९ रन मात्रै बनाउन सक्यो । १२० रनको जवाफी लक्ष्यसहित मैदान उत्रेको पाकिस्तानले सो लक्ष्य भेटाउन सकेन ।
भारतसँगको म्याचमा हारेपछि पाकिस्तानका तीव्र गतिका बलर नसीमले भने आफ्नो आँशु रोक्न सकेनन् । उनी रोएर मैदान छाडेको देखिएको थियो ।
जारी प्रतियोगितामा पाकिस्तान खेलेका दुवै खेल हारेको छ ।

प्रतिक्रिया