रघुवीर रघुवीर महासेठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी


काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन् । राष्ट्रपति रामचन्द्र पौडेललेले उनलाई कार्यवाहक प्रधानमन्त्री तोकेका हुन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका नवनियुक्त प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी भारत प्रस्थान गरेकाले उनको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य महासेठले सम्हाल्ने राष्ट्रपतिको कार्यलयले जनाएको छ ।

प्रतिक्रिया