विराटनगरमा विद्यार्थीद्वारा सरकारी गाडीमा आगजनी, पाँच गाडीमा तोडफोड


काठमाडौं– मोरङको विराटनगरमा विद्यार्थीले सरकारी गाडीमा आगजनी गरेका छन् । आगजनीबाट पुरै गाडी क्षतिग्रस्त भएको छ ।

शुक्रबारदेखि रंगेलीमा ६ जना विद्यार्थी पक्राउ परेको विरोधमा आन्दोलन गरिरहेका विद्यार्थीले आज बिहान महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस अगाडि गाडीमा आगो लगाएका हुन ।

प्रदेश योजना आयोगको को १ झ ६४४ नम्बरको गाडीमा विद्यार्थीले आगजनी गरेका हुन् । विद्यार्थीले अन्य ५ वटा सरकारी गाडीमा पनि तोडफोड गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया