भारत–पाकिस्तानको महाभीडन्त आज,जित्नैपर्ने दबाबमा पाकिस्तान


काठमाडौं –अमेरिका र वेस्टइन्डिजमा जारी टी–२० विश्वकप अन्तर्गत आज राति भारत – पाकिस्तान भिड्दैछन् । खेलप्रेमीले भारत–पाकिस्तानको खेललाई महाभीडन्तको संज्ञा दिदै आएका छन् । समूह ए अन्तर्गत रहेका दुवै टोलीको खेल नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा राती ८ : १५ बजेबाट सुरु हुनेछ ।

भारत–पाकिस्तानको खेललाई विश्वभर चासोका साथ हेरिदै आएको छ । भारत पहिलो खेलमा आयरल्याण्डविरुद्ध विजयी भएको थियो । कमजोर मानिएको अमेरिकासंग पाकिस्तान पराजित भएपछि सुपर–८ मा पुग्ने सम्भावना जिवित राख्न पाकिस्तानलाई जित्नैपर्ने दबाब छ ।

प्रतिक्रिया