कांग्रेस नेता जोशीको स्वास्थ्य गम्भीर, भेन्टीलेटरमा उपचार हुँदै


काठमाडौं – नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको अवस्था गम्भीर बनेको छ ।

मष्तिष्कघात भई नर्भिक इन्टरनेशनल हस्पिटलमा करिब २० दिनदेखि उपचार गराईरहेका जोशीको अवस्था गम्भीर रहेको र उनको भेन्टिलेटरमा राखेर उपचार भैरहेको अस्पतालले जनाएको छ ।

उपचार सुरु भएपछि केही सुधार देखिएको जोशी स्वास्थ्यमा पछिल्लो समयमा गम्भीर समस्या देखिएको पनि अस्पतालले जनाएको छ ।

यसैबीच केही सञ्चारमाध्यमहरुले अनावश्यक अफवाह फैलाएको समाचारप्रति सत्यता नभएको जोशी निकटहरुले जनाएका छन् ।

प्रतिक्रिया