राप्तीमा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु


तुलसीपुर – राप्ती नदीमा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ ।

दाङको राप्ती गाउँपालिका-२, बराखुट्टी निवासी ४० वर्षीय सनबहादुर पुनको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ ।

शीतगंगा नगरपालिका-८, बडिदमार भन्ने स्थानमा शनिबार अपराह्न साढे ४ बजेतिर जाल हानेर माछा मार्ने क्रममा उनी नदीमा डुबेर बेपत्ता भएका थिए । उनको शव ५० मिटर तल फेलापरेको मृतकका भिनाजु रामबहादुर घर्तीले बताए ।

पुनको शव परीक्षणका निम्ति लमही अस्पताल राखिएको छ ।

प्रतिक्रिया