टी-२० विश्वकप : न्युजिल्यान्डमाथि अफगानिस्तानको सानदार जित


काठमाडौं – आईसीसी टी-२० विश्वकपमा अफगानिस्तानले न्युजिल्याण्डमाथि सानदार जित निकालेको छ ।

शनिबार न्युयोर्कमा भएको खेलमा अफगानिस्तानले न्युजिल्याण्डलाई ८४ रनले पराजित गर्दै जारी खेलमा लगातार दुई जित निकालेको हो ।

अफगानिस्तानले न्युजिल्याण्डलाई जितका लागि १६० रनको लक्ष्य दिएको थियो । अफगानिस्तानका ओपनरद्वय रहमनुल्लाह गुरबाज र इब्राहिम जादरानले पहिलो विकेटका लागि शतकीय साझेदारी गरेका थिए ।

जवाफी ब्याटिङ गर्ने क्रममा न्युजिल्याण्ड ७५ रन बनाएर १५.२ ओभरमै अल आउट भएको हो ।

न्युजिल्याण्डका लागि ग्लेन फिलिप्सले १८ बलमा १८ रन तथा म्याट हेनरीले १७ बलमा १२ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । न्युजिल्याण्डलाई सस्तोमा समेट्न फजाल्हाक फारूकीले ४ विकेट लिए ।

प्रतियोगितामा अफगानिस्तानको यो लगातार दोस्रो जीत हो । यसअघि टोलीले युगान्डालाई १ सय २५ रनको विशाल अन्तरले हराएको थियो ।

प्रतिक्रिया