टी-२० विश्वकपः क्यानडाको ऐतिहासिक जित


काठमाडौं – आईसिसी टी–२० विश्वकपमा क्यानडाले ऐतिहासिक जित निकालेको छ । शुक्रबार राति भएको समूह ‘ए’को खेलमा क्यानडाले आयरल्याण्डमाथि १२ रनको ऐतिहासिक जित निकालेको हो ।

टस जितेर सुरुमा फिल्ड रोजेको आयरल्याण्डलाई क्यानडाले १३८ रनको लक्ष्य दिएको थियो । आयरल्याण्डले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १२५ रन मात्र बनाउँदै क्यानडासँग १२ रनको हार खाएको हो ।

१३८ रनको लक्ष्य पछ्याएको आयरल्याण्डका लागि मार्क अडेरले सर्वाधिक ३४ रन बनाए । । २४ बलको सामना गरेका उनले ३ चौका र १ छक्का प्रहार गरे । उसका लागि जर्ज डकरेलले ३० रन जोड्दा अन्य ब्याट्सम्यानले उल्लेख्य रन जोड्न सकेनन् । ।

आयरल्याण्डलाई सस्तैमा समेट्न क्यानडाका लागि जेरेमी गोर्डन र डिलोन हाइलिगरले समान दुईदुई विकेट हात पारे भने जुनेद सिद्धकी र साद बिन जाफरले एकएक विकेट लिए ।

 

प्रतिक्रिया