नक्कली प्रमाणपत्रले पियनको जागिर खानेलाई ३ हजार जरिवाना


काठमाडाैं- नक्कली शैक्षिक प्रमाणपत्रको अभियोगमा त्रिवि शिक्षण अस्पताल महाराजगन्जका कार्यालय सहयोगी (पियन) राजाराम भण्डारीलाई ३ हजार रुपैयाँ जरिवानाको फैसला भएको छ ।

शुक्रबार विशेष अदालत काठमाडौंका न्यायाधीशहरू डा.​ खुशीप्रसाद थारू, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले उनलाई  ३ हजार रुपैयाँको फैसला गरेको हो ।

२०४५ असार २४ गते कार्यालय सहयोगी (पियन) पदमा अस्थायी नियुक्ति पाएका उनले २०४७ भदौ ११ मा सोही पदमा स्थायी नियुक्तिका लागि नक्कली प्रमाणपत्र पेस गरेको भन्दै विशेषमा मुद्दा परेको थियो ।

उनले पेस गरेको माध्यमिक शिक्षा परिषद् वाराणसीको हाइस्कूल तहको प्रमाणपत्र नक्कली रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाबी गरेको थियो ।

 

प्रतिक्रिया