आइतबारदेखि काठमाडौंका यी स्थानमा बिजुली जाने


काठमाडौं- आइतबार एक हप्ता (असार १ गते) सम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ ।

कीर्तिपुर, कुलेश्वर र जोरपाटी वितरण केन्द्रअन्तर्गतका विद्युतीय लाइन भूमिगत गर्ने कार्यका लागि बिजुली कटौती गर्न लागिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

बिजुली बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म कटौती हुनेछ ।

प्रतिक्रिया