सेनाका जवान शालिकरामले गरे श्रीमतीको हत्या


दाङ – दाङमा नेपाली सेनाका जवानले श्रीमतीको हत्या गरेका छन् ।

शुक्रबार बिहान सवा ८ बजेतिर सेनाका जवान शालिकराम बुढाथोकीले तुलसीपुर उपहानगरपालिका– ६ लुङ्ग्री टोलमा श्रीमती २७ बर्षीया टीका बुढाथोकीको हत्या पछि उनी फरार भएका हुन ।

खुकुरी प्रहार गरि शालिकरामले श्रीमति टीकाको हत्या पछि फरार भएको र खोजी भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

उनले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेको प्रहरीको आरोप छ । प्रहरीले घटनाबारे थप अनुसन्धान थालेको छ ।

 

प्रतिक्रिया