‘सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समिति’को बैठक बस्दै


काठमाडौं – ‘सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समिति’ को बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे सिंहदरबारमा बस्न लागेको हो ।

बैठकमा कार्यविधिलगायत विभिन्न विषयमा छलफल हुनेछ । बुधबार बसेको समितिको बैठकले कार्यविधिको मस्यौदा ल्याउने जिम्मा सचिवालयलाई दिएको थियो ।

गत जेठ १५ गते सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न संसदीय छानबिन समिति गठन भएको थियो ।

एमाले सांसद सूर्यबहादुर थापाको सभापतित्वमा ७ सदस्यीय छानबिन समिति गठन भएको हो । समितिले तीन महिनाभित्र प्रतिवेदन बुझाउनुपर्ने समय तोकिएको छ ।

 

प्रतिक्रिया