सतिश सिंहलाई मुख्यमन्त्री बनाउँदै जनमत


काठमाडौं – जनमत पार्टीले मधेश प्रदेशमा सांसद सतिशकुमार सिंहलाई मुख्यमन्त्री बनाउने भएको छ ।

संसदीय दलका नेता महेशकुमार यादवलाई अवसर नदिई जनमतले अर्थसमितिका सभापतिसमेत रहेका सिंहलाई मुख्यमन्त्री बनाउने निर्णय भएको हो ।

बिहीबार बसेको जनमत पार्टीको बैठकले सिंहलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो । साधरणतस् संसदीय दलको नेतालाई मुख्यमन्त्री या सरकारको नेतृत्वमा लैजाने चलन छ ।

तर जनमतले संसदीय दलको नेता यादवलाई रोकेर सांसद सिंहलाई मुख्यमन्त्री बनाउन लागेको हो । सिंह र यादव दुवैजना सप्तरीबाट निर्वाचित प्रदेश सभा सदस्य हुन् । सिंह २०७९ को निर्वाचनमा सप्तरी २ (१) बाट विजयी भएका थिए । उता यादव सप्तरी २ (२) बाट विजयी भएका थिए ।

यादवलाई जनमतले २०७९ पुस १६ गते संसदीय दलको नेता बनाएको थियो । जनमतका अध्यक्ष डा। सीके राउत पनि सप्तरी २ बाट उपेन्द्र यादवलाई हराउँदै प्रतिनिधि सभाको सदस्य छन् । केन्द्रको सत्ता गठबन्धनबीच भागबन्डा मिलेपछि सिंहलाई शुक्रबार मुख्यमन्त्रीको शपथ ग्रहण गराउन लागिएको हो ।

जनमतका केन्द्रीय प्रवक्ता शरदसिंह यादवका अनुसार सिंहले शुक्रबार मुख्यमन्त्रीको शपथ लिने गरी प्रकृया अघि बढिसकेको छ। जनमतका अध्यक्ष डा. सीके राउत हाल अमेरिका भ्रमणमा छन् । उनी शनिबार नेपाल फर्किने कार्यक्रम छ ।

प्रतिक्रिया