राष्ट्रपति कार्यालयबाट बाहिरिए प्रधानमन्त्री ओली


काठमाडौं – मंगलबार बसेको सर्वदलीय बैठकबाट प्रधानमन्त्री केपी शर्मा ओली बाहिरिएका छन् ।

समयसामयिक विषयमा छलफलका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वदलीय बैठक आव्हान गरेकी थिइन् ।

सो बैठमा तीन महिनापछि प्रधानमन्त्री ओली र नेकपा माओवादी केन्द्र अध्यक्ष प्रचण्ड आमने सामने भएका थिए । ।

५ पुसमा प्रतिनिधि सभा विघटन भएपछि ओली र प्रचण्ड एक अर्काका कडा आलोचक भएका थिए। नेकपाबाट एमाले र माओवादी छुट्टाछुट्टै भएपश्चातको पनि यो पहिलो भेट हो।

बैटकमा प्रचण्डसँगै माओवादी केन्द्रका नेताहरू नारायणकाजी श्रेष्ठ र देवप्रसाद गुरूङ पनि राष्ट्रपति निवास पुगेका थिए ।

प्रतिक्रिया