चावहिलमा चञ्चलबहादुरले रक्सी पिएर श्रीमतीमाथि कुटपिट गर्दा आगोमा जल्यो पुरै परिवार


काठमाडौं – काठमाडौंको चाबहिलमा एक पुरुषले श्रीमती र ३ छोरीलाई मट्टितेल खनाएर आगो लगाएका छन् । सरस्वतीनगरमा आफ्नै घरमा बस्दै आएका ५५ वर्षीय चञ्चलबहादुर सिंहले गएराति अत्याधिक मदिरा सेवन गरेर श्रीमतीबाट कुटपिट गरेका थिए ।
उनी आफ्नै घरको तेस्रो तलामा बस्दै आएका थिए । काठमाडौं उपत्यका प्रहरी प्रमुख एआईजी दिपक थापाका अनुसार श्रीमतीमाथि कुटपिट गरेर श्रीमती र छोरीहरूलाई मट्टितेल छर्केर आगो लगाएपछि आफैंलाई पनि आगो खुलेको छ ।
आगोमा परि चञ्चलबहादुर सहित श्रीमती बिन्दु र २४ वर्ष, १६ वर्ष र ८ वर्षकी घाइते भएका छन् ।

एआईजी थापाका अनुसार छोरी सुप्रिया र कान्छी छोरीको अवस्था गम्भीर छ । आगोबाट जलेका पाँचै जनालाई कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । चञ्चलबहादुर बोल्न सक्ने अवस्थामा छन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया