चाबहिलमा श्रीमती र ३ छोरीलाई आगो लगाएपछि आफैं जले चञ्चलबहादुर


काठमाडौं- काठमाडौंकाे चाबहिलमा एक पुरुषले श्रीमती र ३ छोरीलाई मट्टितेल खनाएर आगो लगाएका छन् ।

सरस्वतीनगरमा बस्दै आएका ५५ वर्षीय चञ्चलबहादुर सिंहले श्रीमती र छोरीहरूलाई मट्टितेल छर्केर आगो लगाएपछि आफैंलाई पनि आगो लगाएका हुन् ।

सिंहले श्रीमती बिन्दु र २४ वर्ष, १६ वर्ष र ८ वर्षकी छोरीहरूलाई आगो लगाएको प्रहरीले जनाएको छ ।  आगोबाट जलेका पाँचै जनालाई कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।

काठमाडौं एसपी नवराज अधिकारीका अनुसार मादक पदार्थ सेवन गरेर चञ्चलबहादुरले नियमित रूपमा  श्रीमतीमाथि कुटपिट गर्दै आएका थिए । उनले  मंगलबार राति पनि झगडा गरेकाे खुलेकाे छ ।

 

प्रतिक्रिया