वातावरण पत्रकारिता पुरस्कार बसन्तप्रताप सिंहलाई


काठमाडाैं- नेपाल वातावरण पत्रकार समूह (नेफेज) ले ‘विश्व वातावरण दिवस- जुन ५’ को वातावरण पत्रकारिता पुरस्कार–२०२३ बझाङका बसन्तप्रताप सिंहलाई प्रदान गर्ने निर्णय गरेको छ । सिंहलाई नगद तथा प्रमाणपत्र प्रदान गरिने नेफेजले जनाएको छ ।

सन् २०२३ भरी वातावरण र दिगो विकासका विषयमा प्रकाशित–प्रसारित सामग्री र कार्यक्रममध्येबाट छनोट गरी मूल्यांकन गरेर यो पुरस्कार प्रदान गर्ने निर्णय गरिएको नेफेजद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

समूहले प्रत्येक वर्षको ५ जुनमा पत्रकारको प्रोत्साहनका लागि वातावरण पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ ।

पुरस्कारका लागि नेफेजले आवेदन दिन आह्वान गरेको थियो । नेफेजद्वारा स्थापित ‘वातावरण पत्रकारिता पुरस्कार–२०२३’ पाउने सिंह ३७औँ पत्रकार हुन् । यो पुरस्कार नेफेजको आगामी साधारणसभाको दिन हस्तान्तरण गरिनेछ ।

प्रतिक्रिया