नेपाललाई ब्याटिङले डुबायो,अब टेष्ट राष्ट्रविरुद्ध प्रमाणित गर्ने अवसर


काठमाडौं – स्थान ग्राण्ड प्रेरी क्रिकेट रंगशाला अमेरिका । प्रतियोगिता थियो आईसीसी टि–२० विश्वकप । १० वर्षपछि विश्वकपमा फर्किएको नेपालको पहिलो प्रतिद्धन्द्धी थियो नेदरल्यान्ड्स । हजारौं समर्थकबीच मैदानमा उत्रिएको नेपाली टोलीले पहिलो खेलमा निरास पा¥र्यो ।
खेलमा राम्रो खेल्दाखेल्दै होइन आफ्नो क्षमताअनुसारको खेल पस्किन नसक्दा नेपाल चुक्यो । २० ओभरको खेलमा नेपाल पुरै ओभर नखेली अलआउट मात्रै भएन १०६ रन मात्रै बनाउनसक्यो । टि–१० मा १०६ रन नेदरल्यान्ड्सका लागि सहज यात्रा थियो ।

नेदरल्यान्ड्सले राम्रो क्रिकेट खेल्यो खेल जित्यो । तर मंगलबारको खेलमा नेपाली टोलीले समर्थकलाई निरास पा¥र्यो । पछिल्लो समय लगातार खराब फर्ममा रहेका नेपालका दुई ओपनर आसिफ सेख र कुशल भुर्तेलले मंगलबार पनि आफ्नो खराब लयलाई निरन्तरता दिए । ओपनरमात्रै होइन मध्यक्रममा पनि कोही चल्न सकेनन् । दिपेन्द्र ऐरी र कुशल मल्लले टोलीलाई ब्याटिङबाट योगदान गर्न सकेनन् ।

१५० रनको लक्ष्य नेपालले दिन सकेको भए खेल प्रतिस्प्रर्धात्मक हुनसक्थ्यो । तर त्यसो हुन सकेन । दुर्भाग्य पहिलो गाँसमै ढुङ्गा लाग्यो । समुह डी मा रहेको नेपाललका लागि सबैभन्दा सहज र परिचित प्रतिद्धन्द्धी नै नेदरल्यान्ड्स थियो । जोसंग नेपाल पटक–पटक आमने सामने भइसकेको छ । नेदरल्यान्ड्स र नेपाल दुवै एसोसीएट टोली हुन ।

पहिलो खेल जितेको भए बाँकी ३ मध्ये दुई टोलीलाई हराउन सके नेपालको सुपर–८ प्रवेशको सम्भावना बलियो हुन्थ्यो । तर अब नेपालको प्रतिस्प्रर्धा बलिया टोलीसंग छ । जोसंग टि–२० र अन्तराष्ट्रिय क्रिकेट खेलको प्रर्याप्त अनुभव छ ।
उनीहरुसंग विश्वस्तरीय खेलाडी छन् । उनीहरु प्रेसर हेन्डल गर्न सक्छन् । नेपालले आगामी खेल श्रीलंका,दक्षिण अफ्रिका र बङ्लादेशसंग खेल्दैछ । तीनै टोली टेष्ट मान्यताप्राप्त राष्ट्र हुन ।

टेष्ट राष्ट्रविरुद्ध प्रमाणित गर्ने अवसर
समूह ‘डी’ मा रहेको नेपालले अर्को खेल १२ जुनमा फ्लोरिडामा श्रीलंकासँग खेल्नेछ । त्यसपछि बाँकी दुई खेल खेल्न नेपाल वेष्टइण्डिज जाने छ । १५ जुनमा दक्षिण अफ्रिका र १७ जुनमा बंगलादेशसँग खेल्ने छ । पछिल्लो समय श्रीलंका राम्रो लयमा छैन् । बलिङ ब्याटिङ दुवैमा कमजोर देखिएको छ । जसको फाइदा नेपाल उठाउनसक्छ ।
हालसम्म श्रीलंका,बङ्लादेश र दक्षिण अफ्रिकाको सिनयर टोलीविरुद्ध नेपालले खेलेको छैन् । उनीहरुले पनि नेपालविरुद्ध नखेलेकाले एक अर्काविरुद्ध प्लान बनाउन सहज हुनेछैन् । अराउण्डरले भरिएको नेपालको समस्या भनेको ओपनिङ ब्याटिङ नै हो ।

नेपालले श्रीलंकाविरुद्धको खेलमा आसिफलाई आराम दिएर अनिल र कुशल भुर्तेललाई ओपन पनि गराउनसक्छ । आसिफको स्थानमा सन्दीप जोरा टिममा स्थान बनाउन सक्छन् भने सागर ढकालको स्थानमा ललित राजवंशी प्लेइङ–११ मा पर्नसक्छन् ।
अनिल र आसिफ प्लेइङ–११ हुँदा कप्तान रोहित चौथो नम्बरमा ब्याटिङ गर्दै आएका छन् । अन्य समयमा उनी तेस्रो नम्बरमा ब्याटिङ गर्ने गर्दथे । श्रीलंकाबाहेक बङ्लादेशविरुद्ध पनि नेपालले चमत्कार गर्नसक्छ । केही समयअघि मात्रै अमेरिकाले बङ्लादेशलाई टि–२० सिरिज हराएको थियो । जसबाट नेपाल हौसिएको छ । अब टेष्ट मान्यताप्राप्त राष्ट्रविरुद्ध नेपालले कस्तो प्रर्दशन गर्छ प्रतिक्षा सबैको छ ।

 

प्रतिक्रिया