भारतमा लोकसभा चुनाव : इन्दोरमा ११ लाख मतले फैसला हुँदा मुम्बईमा मात्र ४८ मतले भयो निर्णय


नयाँ दिल्ली-  भारतमा लोकसभा चुनावको मतगणना सकिएकाे छ ।  सबै ५४३ सिटको नतिजा आइसकेकाे छ । चुनावी नतिजामा भारतीय जनता पार्टी एक्लैले बहुमतमा पुग्न नसके पनि विपक्षी गठबन्धन ‘भारत’ले भने ठूलो बल पाएको छ ।

यति हुँदाहुँदै पनि राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए)को सरकार बन्ने देखिएको छ । प्रधानमन्त्री मोदी आफैं सरकार बनाउने कुरामा विश्वस्त देखिन्छन् ।  नतिजामा कतिपय जीत र हार निकै रोचक रहेकाे छ ।

यी पाँच उम्मेदवार, जसले आम चुनावमा सबैभन्दा ठूलो  जित निकाले :

१- शंकर लालवानी (बीजेपी) – इन्दौर (मध्य प्रदेश) ११ लाख ७५ हजार ९२ मतको ठूलो अन्तरले विजयी भएका छन् । उनले कुल १२ लाख २६ हजार ७५१ मत प्राप्त गरे ।

२- रकिबुल हुसैन (कांग्रेस) – धुबरी, असमबाट १०.१२ लाख मतान्तरले विजयी ।

३- शिवराज सिंह चौहान (बीजेपी) – विदिशा, मध्य प्रदेशबाट ८.२१  लाख मतले विजयी।

४- सीआर पाटिल (बीजेपी) – नवसारी सीट (गुजरात) ले लगातार दोस्रो आम चुनावमा भारी मतान्तरले जितेका छन् । उनले विपक्षी उम्मेदवारलाई ७७ हजार ५५१ मतान्तरले पराजित गरेका हुन् । उनले कुल १०३१०६५ मत प्राप्त गरे ।

५.अमित शाह (बीजेपी) ले  गान्धीनगर सीट ७.४४  लाख भन्दा बढी मतले जितेका छन् ।

यी पाँच उम्मेदवार, जसले सबैभन्दा थोरै मतले जिते :

१- रवीन्द्र दत्ताराम वाइकर (शिवसेना) ले  महाराष्ट्रको मुम्बई उत्तर पश्चिम सीटमा मात्र ४८  मतको अन्तरले जिते । उनले कुल ४ लाख ५२ हजार ६४४ मत प्राप्त गरे । उनले शिवसेना (यूबीटी) का अमोल गजानन कीर्तिकर (४ लाख ५२ हजार ५९६ मत) लाई हराए।

२- अदूर प्रकाश (कांग्रेस) केरलाको अटिङ्गल सिटबाट ६८४ मतको अन्तरले विजयी भएका छन् । उनले कुल ३ लाख २८ हजार ५१ मत प्राप्त गरे । उनले सीपीआई(एम) का भि. जोय (३ लाख २७ हजार ३६७ मत) लाई पराजित गरे।

३- भोजराज नाग (बीजेपी)ले  छत्तीसगढको कांकेर सीट १ हजार ८८४ मतको अन्तरले जिते । उनले कुल ५ लाख ९७ हजार ६२४ मत प्राप्त गरे । उनले कांग्रेसका वीरेश ठाकुर (५ लाख ९५ हजार ७४० मत) लाई पराजित गरे ।

४- मनिष तिवारी (कांग्रेस)ले २ हजनार ४  मतको अन्तरले चंडीगढ़ सीट जिते । उनले कुल २ लाख १६ हजार ६५७ मत प्राप्त गरे । उनले भाजपाका सञ्जय टण्डन (२ लाख १४ हजार १५३ मत) लाई हराए।

५- मुहम्मद हमदुल्लाह सईद (कांग्रेस)ले  लक्षद्वीप सीट २ हजार ६४७ मतको अन्तरले जिते । उनले कुल २५ हजार ७२६ मत प्राप्त गरे । उनले एनसीपी (शरद पवार) का उम्मेदवार मुहम्मद फैजल (२३ हजार ०७९ मत) लाई हराए ।

प्रतिक्रिया