बालेनको काममा अवरोध गर्नु हुँदैन : चन्द्र भण्डारी


काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारीले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) को काममा अवरोध गर्न नहुने बताएका छन् ।

मेयर साहले एमालेले काठमाडौँको न्युरोनस्थित सडक पेटी बिस्तार गर्न नदिएको आरोप लगाइरहेका बेला प्रतिपक्षी दल काँग्रेसका सांसद भण्डारीले भने मेयर शाहलाई काम गर्ने कुरामा निरुत्साहित गर्न नहुने बताएका हुन् ।

सोमबार संघीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूको जिज्ञासाको जवाफ दिने क्रममा उनले मेयर शाहमा केही गरौँ भन्ने हुटहुटी रहेकाले काम गर्न दिनुपर्ने बताए ।

सांसद भण्डारीले गिरीबन्धु टि-स्टेट प्रकरण छानबिन गरी दोषीमाथि कारबाही हुनुपर्ने बताए ।

प्रतिक्रिया