आधा घन्टादेखि बालुवाटारमा प्रचण्ड, देउवा र ओलीबीच छलफल


काठमाडौं – प्रमुख दलका शीर्ष नेता छलफलमा जुटेका छन् ।

सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा छलफल भएको हो ।

देउवा र ओली आधाघन्टा अगाडि बालुवाटार पुगेको जनाइएको छ ।

सहकारीको रकम हिनामिना र अपचलनको छानबिन गर्न संसदीय छानबिन समिति गठन भएपछि पहिलो पटक तीन नेताबिच एकै पटक भेटवार्ता र छलफल भएको हो ।

तीन नेताबिच बजेट र छानबिन समितिको कामकारवाहीबारे छलफल भएको हुनसक्ने बुझिएको छ ।

 

प्रतिक्रिया