जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस आज


काठमाडौं – जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ।

२०६३ साल जेठ २१ गतेका दिन सरकारले मुलुकलाई ‘जातीय छुवाछुत मुक्त राष्ट्र’ घोषणा गरेको थियो। यसैको सम्झनामा २०६८ सालदेखि ‘जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस’ मनाउन थालिएको हो।

नेपालको संविधानले सबै जातजाति, भाषाभाषी, वर्ग र समुदायको हक अधिकार सुनिश्चित गर्दै समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प गरेको छ।

संविधानको यो मर्मलाई आत्मसात गर्दै जातीय विभेद र छुवाछुतलाई दण्डनीय अपराधको रूपमा व्याख्या गरी सजायको कानुनी व्यवस्था समेत गरिएको छ। तर समाजमा जातीय भेदभाव तथा छुवाछुत अझै अन्त्य भएको छैन।

 

प्रतिक्रिया