रामहरिकाे प्रश्न- मापसे गरेकाहरूलाई सडकमा ल्याएर उभ्याउने कुरा कुन कानुनमा छ ?


काठमाडाैं- नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले ट्राफिक कारबाहीमा परेकाहरूलाई सडकमा उभ्याउने कार्य   रोक्न माग गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा खतिवडाले गृहमन्त्रीले हुकुमी शासनको भरमा ट्राफिक कारबाहीमा परेकालाई सडकमा उतारेर स्वयंसेवा गराएको भन्दै सो काम तुरुन्त रोक्नुपर्ने बताए ।

‘मापसे गरेका मान्छेहरूलाई बिहान सडकमा ल्याएर उभ्याउने अरे । यो कुन कानुनमा र कुन नियममा छ ? गृहमन्त्रीले त्यो प्रहरीलाई पठाएको छ कि ? मन्त्रालयबाट पत्राचार भएको छ कि ?’ खतिवडाले भने, ‘यसरी मुलुक चलाउने शासन पद्दतिको अन्त्य गर्न लडेको मान्छेले फेरि हुकुमी शासन चलाउने पद्दतिको हामी विरुद्धमा छौँ । त्यसैले कसैको पनि श्रम शोषण गर्न पाइँदैन । कानुनअनुसार मुलुकलाई अगाडि बढाउनु पर्दछ ।’

 

प्रतिक्रिया