दार्चुलामा सर्पको टोकाइबाट किशोरीको ज्यान गयो


दार्चुला-  दार्चुलाको लेकम गाउँपालिका- ४ आोडीगाउँमा सर्पको टोकाईबाट एक किशोरीको मृत्यु भएको छ ।

लटिनाथ नमुना मावि चौपातामा कक्षा १० मा अध्ययनरत १६ वर्षीया छात्रा सुनिता गिरीलाई (हिजो) दिउँसो खाना खाएर सुतिरहेको बेला घरभित्रै सर्पले टोकेको थियो ।

उनको बेलुकी ७ बजेतिर ज्यान गएको लटिनाथ आवि आोडिगाउँका शिक्षक सोवी गिरीले जानकारी दिए ।

 

प्रतिक्रिया