ललितपुरमा मोटरसाइकल र स्कुटर ठोक्किँदा दुवै चालकको मृत्यु


काठमाडौं- ललितपुरमा मोटरसाइकल र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

गएराति साढे १२ बजे ललितपुरको महालक्ष्मी नगरपालिका-४ टेम्पो पार्क नजिक बा ८३ प ५२६७ नम्बरको मोटरसाइकल र बा ५६ प ५०५६ नम्बरको स्कुटर ठोक्किएका थिए ।

घटनामा स्कुटर चालक काठमाडौंको साखु घर भएका २१ वर्षीय आयुष श्रेष्ठको उपचारका क्रममा किष्ट अस्पतालमा मृत्यु भएको छ ।

यस्तै मोटरसाइकलका चालक खोटाङको साकेला घर भई ललितपुरको लुभु बस्ने २६ वर्षीय लकेश राईलाई उपचारका लागि बि एन्ड बी अस्पतालमा उपचारको क्रममा उनको पमि मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया