काठमाडौँका सार्वजनिक स्थलमा सुर्तीजन्य वस्तुको प्रयोग पूर्ण निषेध छ : मेयर बालेन


काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले महानगरपालिका क्षेत्रका सार्वजनिक स्थलहरूमा सुर्तीजन्य वस्तुको प्रयोग गर्न पूर्ण निषेध रहेको बताएका छन् ।

विश्व सुर्तीजन्य पदार्थरहित दिवसका सन्दर्भमा महानगरपालिकाले सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थको प्रयोग गर्न नपाउने कानुनी व्यवस्था गरेको बताउँदै कार्यपालिका बैठकमा मेयर बालेनले भने, ‘महानगरपालिकाले सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थको प्रयोग गर्न नपाउने कानुनी व्यवस्था गरेको छ । धेरैले यसलाई अदालतको आदेशले रोकिएको भन्नुभएको छ । तर, हामीले अगाडि सारेको कार्यक्रम र अदालतले आदेश गरेको विषय फरक हो ।’ उनले विषय स्पष्ट पार्दै भने, ‘हामीले सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको प्रयोग गर्न नपाउने व्यवस्था गरेको हौँ । अदालतले गरेको आदेश प्याकेजिङ्सँग सम्बन्धित छ । फरक विषयलाई फरक रूपमा बुझ्नुपर्छ ।’

प्रतिक्रिया