कहिलेदेखि सुरू हुन्छ मनसुन ? यस्तो भन्छन् मौसमविद्


काठमाडौं- यस वर्षको मनसुन भारतको केरला आइपुगेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्ष नेपाल भित्रिने मनसुन भारतको केरला आइपुगेको हो ।

केरला आइपुगेको मनसुन १० दिन सम्ममा नेपाल आइपुग्ने विभागका मौसमविद् रोजन लामिछानेले बताएका छन् ।

गत वर्ष नेपालमा मनसुन जेठ ३१ गते भित्रिएको मौसमविद् उनले बताए ।  बङ्गालदेखि मेघालय हुँदै आसामतिर बाट मनसुन नेपाल भित्रने उनले बताए ।

आज पश्चिमी वायु र स्थानीय वायुको प्रभावक कारण कोशी, बागमती गण्डकी प्रदेशका केही भूभागमा बेलुकापख मेघ गर्जन, चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।तर, देशको पश्चिमी भूभागमा भने पानी पर्ने सम्भावना नरहेको उनको भनाइ छ ।

प्रतिक्रिया