दाङमा अटो र मोटरसाइकल ठोक्किँदा दुई युवकको मृत्यु


दाङ- दाङको तुलसीपुरमा अटोरिक्सा र मोटरसाइकल एक आपसमा ठोक्किँदा दुईजना युवकको मृत्यु भएको छ ।

बिहीबार साँझ तुलसीपुर उपमहानगरपालिका–२ कुमलगडीमा रा १ ह ४०९६ नम्बरको अटो र रा ७ प २५० नम्बर मोटरसाइकल आपसमा ठोक्किँदा दुई युवकको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक ठाकुर पोख्रेलका अनुसार दुर्घटनामा मोटरसाइकल चालक दाङकै बबई गाउँपालिका ४ निवासी ३० वर्षीय राजेश भण्डारी र मोटरसाइलकको पछाडि सवार सोही ठाउँका ३१ वर्षीय साकार केसीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको गएराति उपचारको क्रममा नेपालगन्जमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा अटो चालक दाङकै शान्तिनगर-७ खैरेनीका ४३ वर्षीय रुद्र बहादुर थापा पनि गम्भीर घाइते भएका छन्। उनको नेपालगञ्जमा उपचार भइरहेको छ ।

प्रतिक्रिया