सुर्खेत जीप दुर्घटना अपडेट : मृतक ४ मध्ये १ को शव रुखमा अड्किएको अवस्थामा भेटियो


सुर्खेत – सुर्खेतबाट कालीकोट जाँदै गरेको भे १ च २५६० जीप बिहीबार बिहान वीरेन्द्रनगर नगरपालिका–१३ टाकुरी मोडमा दुर्घटना हुँदा घटनास्थलमै ४ जनाले ज्यान गुमाए । मृतकहरूको सनाखत हुन बाकी छ भने दुई जना घाइते छन् ।

मृतक ४ मध्य एउटा शव रुखमा अड्किएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

कालीकोटको शुभकालिका गाउँपालिका–३ का अन्दाजी २८-२९ वर्षका नरी कामी र खाडाचक्र नगरपालिका–९ पाखाका नरेन्द्र विष्टको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले दुर्घटना कसरी भयो भन्ने अनुसन्धान गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी विरेन्द्रवीर विश्वकर्माले जीप भीरबाट खसेको छ भन्ने सूचना प्रहरीलाई बिहान सवा २ बजेतिर प्राप्त भएको जानकारी दिए ।

दुर्घटनास्थल पुग्दा जिप झण्डै ४ सय मिटर तल खसेको अवस्थामा भेटिएको डिएसपी विश्वकर्माले जानकारी दिए । दुर्घटनास्थलबाट चार जनालाई मृत अवस्थामा निकालिएको थियो । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक भूपेन्द्र शाहीका अनुसार उक्त जीप भारतबाट आएकाहरूले रिजर्भ गरेका थिए ।

मृतकहरूको सनाखतको प्रयास भइरहेको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया