कलंकी क्षेत्रमा असुली गर्ने दुईजना पक्राउ


काठमाडौं- काठमाडाैंकाे कलंकी क्षेत्रमा रकम असुली गर्ने गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं–१४ कलंकी घर भएका २६ वर्षीय सुजन कार्की र ३० वर्षीय अभिषेक सिंह छन् ।

उनीहरुले समूह बनाएर गुण्डागर्दी गर्दै  सर्वसाधारणबाट रकम असुली गरेको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए । उनीहरुविरुद्ध अभद्र व्यवहारको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

प्रतिक्रिया