काठमाडौंमा मापसे गर्नेहरु नै ट्राफिक प्रहरीका सहयोगी !


काठमाडौं –  अब मापसेलगायत ट्राफिक नियम उल्लंघन गर्नेहरु नै ट्राफिक प्रहरीका सहयोगी बन्ने भएका छन् ।

गणतन्त्र दिवसका अवसरमा गृहमन्त्री रवि लामिछानेले ट्राफिक नियम उल्लंघन गर्नेलाई नै सडकमा खटाउने घोषणा गरेपछि नियम मिच्ने नै प्रहरीका सहयोगी बन्ने भएका हुन् ।

गृहमन्त्री रवि लामिछानेले मंगलबार महिला ट्राफिक प्रहरीले महिनावारीका चार दिन सडकमा ड्युउटी गर्नुपर्ने र मापसेलगायत ट्राफिक नियम उल्लंघन गर्नेले स्वयंसेवकका रूपमा सडकमा सघाउनुपर्ने घोषणा गरेका थिए ।

उनले गरेको घोषणा काठमाडौं उपत्यका ट्राफिक कार्यालयले २४ घण्टा नवित्दै कार्यान्वयनमा ल्याएको हो ।

काठमाडौं उपत्यका ट्राफिक कार्यालयले उपत्यकाको सिंहदरबार क्षेत्र,सातदोबाटो,माइतीघर लगायतका स्थानमा ट्राफिक नियम उल्लंघन गर्नेलाई बुधबार (आज) बाटस्वयंसेवकका रुपमा खटाएको हो ।

काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता एसएसपी जीवन कुमार श्रेष्ठले ट्राफिक सचेतना कक्षामा बसेकाहरुलाई एकजना ट्राफिक प्रहरीको साथमा स्वयंसेवकको रुपमा खटाइएको बताए ।

उनले विरामी,यात्रामा जानैपर्नेलाई भने यो नियम लागु नहुने बताए । तत्कालका लागि यो नियम काठमाडौं उपत्यकामा मात्रै लागु हुनेछ ।

एसएसपी श्रेष्ठले कागजपत्रसँग भने,‘ट्राफिक नियम मिच्नेवित्तिकै स्वयंसेवककाकाका रुपमा खटाउने होइन । नियमअनुसार कारवाही गरेर सचेतना कक्षा लिएपछि मात्रै उहाँहरुलाई स्वयंसेवकका रुपमा खटाउने हो ।’

महिनावारी भएका प्रहरीले सडकमा नखटिएपनि अन्य काम भने गर्नुपर्ने एसएसपी श्रेष्ठले बताए ।

काठमाडौं उपत्यकामा २ सय महिला ट्राफिक प्रहरी कार्यरत छन् । पुर्वप्रहरी अधिकारीहरु भने लिखित रुपमा कानुन बनाएर यस्तो विषय कार्यान्वयन गर्नुपर्ने बताउँछन् । कानुन नबनाएर मौखिम रुपमा गरेको घोषणाले कतिपय जटिलता निम्त्याउनसक्ने उनीहरुको बुझाई छ ।

प्रतिक्रिया