श्रीमतीसहित परिवारका ८ जनाको हत्या गरेर आत्महत्या


काठमाडौं- भारतमा एक व्यक्तिले परिवारका ८ सदस्यलाई बञ्चरो प्रहार गरेर हत्या गरेका छन् ।

को छिन्दवाडा जिल्लाको बोदल कछार गाउँमा छोराले आफ्नै आमा, बुवा, श्रीमती, छोरा, छोरी र भाइसहित परिवारका आठ जनालाई बन्चरोले हानेर हत्या गरेको भारतीय सञ्चारमाध्यले जनाएका छन् ।

पहिले उनले श्रीमतीको हत्या गरेका थिए । त्यसपछि ५५ वर्षीया आमा, ३५ वर्षीय भाइ, ३० वर्षीया भाउजुको हत्या गरे । यस्तै उनले ५ वर्षीया भतिजी तथा ४ र डेढ वर्षका भतिजाको पनि हत्या गरेको प्रहरीले जनाएको छ ।

हत्यापछि उनी रुखमा भुण्डिएको प्रहरीले बताएकाे छ । आरोपितकाे मानसिक अवस्था ठिक नरहेकाे  प्रहरीले जनाएको छ ।

८ दिनअघि भएको थियो विवाह 
युवकको ८ दिनअघि मात्रै विवाह भएको थियो । हत्याको कारण भने अहिलेसम्म खुलेको छैन । उच्च प्रहरी अधिकारी र फरेन्सिक टोलीले घटनास्थलमा प्रमाण संकलन गरिरहेको छ । हत्या वैशाख २९ गते बिहान २.३० बजे भएको बताइएको छ । अर्कोतर्फ, यो घटनापछि पुरै क्षेत्रमा सनसनी छाएको छ । जनताले आफ्नो क्षेत्रमा यस्तो नरसंहार भएको पत्याउन सकिरहेका छैनन् ।

प्रतिक्रिया