

आज पनि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं- नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा ६ सय रूपैयाँले बढेर १ लाख ३८ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
तेजाबी सुनको मूल्य तोलाको १ लाख ३७ हजार ५ सय ५० रूपैयाँ कायम भएको छ ।
यस्तै, बुधबार चाँदीको मूल्य पनि तोलामा १० रूपैयाँले बढेर प्रतितोला १ हजार ९ सय ३० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

