गृहमन्त्री लामिछानेविरूद्धको मुद्दा न्यायाधीश पोखरेलको इजलासमा


काठमाडौं । गृहमन्त्री रवि लामिछानेविरूद्धको मुद्दामा आजका लागि पेशी तोकिएको छ ।

सर्वोच्च अदालतमा दायर गरेको मुद्दामा गृहमन्त्री लामिछानेविरुद्धको रिट न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासमा पेशी तोकिएको छ।

गृहमन्त्री लामिछाने पदमा रहेर सहकारी ठगीको छानबिन निष्पक्ष नहुने भन्दै उनीविरुद्ध अधिवक्ता अनुपम भट्टराईले निलम्बनको माग गर्दै रिट दायर गरेका थिए ।

लामिछानेविरुद्ध सहकारी ठगीको कुनै मुद्दा छैन भन्ने महान्यायाधिवक्ता कार्यालयको पत्र खारेज गर्नसमेत माग गरिएको छ ।

 

प्रतिक्रिया