कञ्चनपुरको बतासे झर्नाको तालमा डुबेर एकजनाकाे मृत्यु, कैलालीमा २ जना मृत फेला


काठमाडाैं- कञ्चनपुरमा तालमा डुबेर एक युवकको मृत्यु भएको छ । जिल्लाको शुक्लाफाटा नगरपालिका–८ स्थित बतासे झर्नाको तालमा डुबेर २१ वर्षीय सरोज टमाटाको मृत्यु भएको हो।

तालमा नुहाउने क्रममा डुबेर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ। तालमा शव फेला नपरेको र खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।

यस्तै कैलालीमा दुई जना मृत अवस्थामा फेला परेका छन् । मंगलबार जिल्लाको टीकापुर नगरपालिका–९ मोहना नदी किनारमा जमेको पानीमा भजनी नगरपालिका–१ गोदामका १९ वर्षीय एकेन्द्र बोहरा मृत अवस्थामा फेला परेका हुन् ।

त्यस्तै डोटीको बोगटान नगरपालिका–७ घर भई हाल धनगढी उपमहानगरपालिका–६ जाली बस्ने ४० वर्षीय घनश्याम बम मृत पनि अवस्थामा फेला परेका छन् ।

बेहोस अवस्थामा फेला परेका घनश्यामको निसर्ग अस्पताल धनगढीमा मृत्यु भएको हो ।

प्रतिक्रिया