स्वास्थ्यमा सुधार नआएको भन्दै सिरोहियालाई काठमाडौं ल्याउने तयारी


काठमाडाैं- नागरिकता किर्ते मुद्दामा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलास सिरोहियालाई काठमाडौं ल्याउने तयारी गरिएको छ ।

हिजो मात्रै जिल्ला अदालत धनुषाले सिरोहियालाई थप तीन दिन हिरासतमै राखी अनुसन्धान अघि बढाउन अनुमति दिएको थियो । तर, स्वास्थ्यमा समस्या आएको भन्दै सिरोहियालाई जनकपुरको काब्या अस्पताल भर्ना गरिएको छ ।

अस्पतालबाटै उनलाई एयरलिफ्ट गरि काठमाडौं ल्याउने तयारी भएको हो । टाउको दुखाइ, उच्च रक्तचाप तथा मुटुको चालमा उतारचढाव भएको भन्दै उनलाई पहिले जनकपुर प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो ।

यसअघि शुक्रबार अदालतले उनलाई तीन दिन थुनामा राख्न अनुमति दिइएकोमा तीन दिन बितेसँगै म्याद थपका लागि अदालतमा हिजो उपस्थित गराइएको थियो ।

 

प्रतिक्रिया